Logo

भीम रावलसँगै जहाजमा देखिएका कर्ण थापाको प्रष्टीकरण : भ्रमको खेती नगर्न अपिल गर्दछु



काठमाडौं, ४ माघ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले एमालेबाट निकालिएका भीम बहादुर रावलसँग धनगढी जाने क्रममा हवाईजहाजमा एउटै सिटमा पर्नु संयोग भएकोमात्रै बताएका छन् ।

उनले रावलसँगको आजको आफ्नो यात्रा संयोगमात्रै भएको भन्दै यसलाई राजनीतिक दृष्टिकोणले हेर्ने र बुझ्ने काम गर्नु गलत हुनेपनि टिप्पणी गरेका छन् । उनले रावल र आफू कुनै बेला संगै पार्टीमा रहेपनि अहिले भने आ–आफ्नो बाटोमा हिँडेको भन्दै कोहीपनि भ्रममा नपर्न अपिल गरेका छन् ।

थापाले फेशबुकमा लेखेका छन्–

भोलीदेखि बाजुरामा हुने नेकपा एमालेका पालिका अधिबेशनको लागि म काठमाडौंबाट श्रीएयरको जहाजबाट धनगढी आउने क्रममा विमानस्थलको अतिथि कक्षमा डा भिम रावलसङग भेट भयो । संयाोगले सिट सङगै पर्यो र जहाजको कुनै यात्रीले फोटा खिचेर सामाजिक सञ्जाला राखेछन । उक्त फोटो राखेर रातोपाटी अनलाइन ले भ्रामक समाचार प्रकाशित गरेको देखे । डा भीम रावल र मेरो आजको यात्रा संयोगमात्रै हो । यसलाई राजनीति दृष्टिकोणले हेर्ने, बुझ्ने काम गर्नु गलत हुनेछ । हामी हिजो एउटै पार्टीमा रहेर लामो सहयात्रामा रह्ययौ । अब हामी आफ्नो आफ्नो बाटोमा हिडेका छौ । कोही भ्रममा नपर्न, भ्रमको खेती नगर्न अपिल गर्दछु ।



प्रतिक्रिया दिनुहोस्