काठमाडौं, ४ माघ । अर्को साता सुरु हुने जय नेपाल कप क्रिकेट प्रतियोगिताको पूर्व सन्ध्यामा आज नेता र कलाकारबीच मैत्रीपूर्ण क्रिकेट खेलाईएको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित कलाकार र नेताहरूबीच १० ओभरको खेल खेलाईएको थियो । उक्त खेलमा पत्रकार ऋषि धमला, राजनीतिक विश्लेषक सुरेन्द्र केसीदेखि नायिका एलिजा गौतमसम्मले भाग लिएका थिए ।
नेपाल विद्यार्थी संघलेजय नेपाल कप टी–२० अन्तरविश्वविद्यालय अन्तर्राष्ट्रिय प्रतियोगिता यही माघ ७ देखि आयोजना गर्दैछ । उक्त प्रतियोगितामा नेपालबाट चार, भारतका तीन र बंगलादेशको एउटा विश्वविद्यालयका टोलीले भाग लिने जनाईएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भैसकेको नेविसंघका नेता इन्जिनियर अशोक धमलाले जानकारी दिए ।
तस्विर : दिनेश चौधरी/रिपोर्टर्स नेपाल डटकम