काठमाडौं, ४ माघ । १ करोड ६६ लाख बढिको लागतमा ईश्वरपुर बेला माध्यमिक विधालयमा आठ कोठे भवन निर्माण हुने भएको छ । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले आज उक्त विद्यालय भवनको शिलान्यास गरेकी हुन् । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ९ मा रहेको ईश्वरपुर बेला माध्यमिक विधालय रामनगर मनहर्वाको आठ कोठे भवनको शिलान्यास गरिएको छ।
सहरी विकास मन्त्रालय तथा ईश्वरपुर नगरपालिकाको लागत साझेदारीमा निर्मित हुने भवन १ करोड ६६ लाख ७८ हजार ३ सय ९८ रुपैयाँ ७७ पैसामा निर्माण हुने भएको छ । विधालय भवन पौष २८ बाट निर्माण कार्य सुरु भई २०८२ कार्तिक १५ गते सम्पन्न हुने विधालय व्यवस्थापन पक्षले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि चौधरीले विद्यालयमा अध्यनरत छात्रछात्राको लागि ५ वटा कम्प्युटर आफ्नो व्यक्तिगत खर्चमा दिने घोषणा पनि गरेकी छिन् । उनले ईश्वरपुरमा एम्बुलेन्स, स्कुल बस, स्यानेटरी प्याड दिने मेसिन तथा ईश्वरपुरमा मास्टर डिग्री अध्यापन हुने गरी कक्षाको वृद्धि गरिने पनि विश्वास दिलाईन् ।
आफुले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिएर काम अघि सारेको हुदाँ ईश्वरपुरमा यस्ता विकासको लागि आफु पछि नहटने उनको भनाई थियो । उनले भनिन्,‘स्यानेटरी प्याडको मेसिन हरेक वडामा राखिने छ, त्यसबाट एक दुई जना रोजगारी पनि हुने र छात्राहरुले निःशुल्क रुपमा स्यानेटरी प्याड लिन सक्नेछन् ।
ईश्वरपुर नगरप्रमुख मनोज कुमार आचार्यले ईश्वरपुरको विद्यार्थीहरु गाई, बाख्रा चराएरपनि मास्टर डिग्री पढन पाउने वातावरण आफुले बनाउने प्रतिबद्धता व्यक्त गरे। ईश्वरपुरमा एम्बुलेन्सको ल्याउन, स्यानेटरी प्याडको मेसिन ल्याउन, स्कुल बसको लागि पहल गरिदिनु हुन प्रतिनिधि सभा सदस्य चौधरीलार्ई आग्रह गरे। आफु ईश्वरपुरको जन्ताको हरेक सकारात्मक गतिविधिमा साथ दिने र याँहाको विकासको लागि अघि बढने प्रतिबद्धता व्यक्त गरे ।