Logo

आकर्षक रोजगारीको प्रलोभनमा नपर्न नेपाली दूतावास बैंककको आग्रह



काठमाडौं । नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड लगायतका देशमा नआउन आग्रह गरेको छ । दूतावासले ती देशमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकले दुःख पाएको र बन्धक समेत बन्नुपरेको भन्दै एक सूचना मार्फत आग्रह गरेको हो ।

दूतावासले म्यानमारको गोल्डन ट्राइएंगलमा लगी गैरकानुनी काम गर्न बाध्य पारिएका र सो स्थानबाट भागेर थाइल्यान्ड छिरेका एक नेपाली नागरिकलाई थाई सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको पनि जनाएको छ ।

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानुन विपरीत छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया लाओस, म्यानमार र थाइल्यान्ड लगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीमा नआउन राजदूतावासले सबैमा अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्