Logo

कांग्रेस र एमालेले आफ्ना पार्टीका भ्रष्टाचारीलाई जोगाएको चित्रबहादुर केसीको आरोप (भिडिओसहित)



काठमाडौं, ६ माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संसद्को हिउँदे अधिवेशन बोलाउनको लागि दबाब दिनको लागि विपक्षी दलहरु एक ठाउँमा उभिएको स्पष्ट पारेका छन् । उनले स्वभाविक संसद्को सेसन बोलाउने बेला भएकोमा सरकारले आनाकानी गरेकोमा आक्रोश पोखे ।

केसीले सत्तामा भएका कांग्रेस र एमालेले आफ्नो पार्टीका भ्रष्टाचारीलाई जोगाउने काम गरेको र विरोधीहरुलाई कारबाही गरेको भन्दै आक्रोश पोखे । आज (आइतबार) विहान नेपली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

सरकारले संसद्को अधिवेशन बोलाउन ढिलाई गर्दा स्वयम सभामुख देवराज घिमिरेपनि असन्तुष्ट रहेको केसीले खुलाए । उनले आफूले सहकारी ठगविरुद्ध आवाज उठाउँदै आएको स्पष्ट पारे । अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रामणको विरुद्धमा पनि आफूले बोलिसकेको उनको भनाई छ । अहिले प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवा सबैलाई जसरीपनि सत्तामा जान हतार रहेको केसीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्