Logo

विद्यालय हरित क्षेत्र अभियान शुभारम्भ



भक्तपुर, ६ माघ । सेभ द प्लानेट नामक संस्थाले विद्यालय हरित क्षेत्र अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम सुरु गरेको छ । भक्तपुरका पाँच बिद्यालयमा बिभिन्न मौसमी फलको बोट रोप्दै संस्थाले विद्यालय हरित क्षेत्र दोश्रो चरणको अभियान सुरु गरेको हो ।

संस्थाले दोश्रो चरणको विद्यालय हरित क्षेत्र अभियान अन्तर्गत भक्तपुरमा रहेका आदर्श माध्यामिक विद्यालय, जनक सिद्धिकाली मावि, श्री बालप्रेमि मावि, क्रियटिभ लर्नस् एकेडेमी र भक्तपुर अग्रेजी माविमा मौसमी फलको बोट रोपेको हो ।

विद्यालय क्षेत्रमा हरियाली बगैचा निर्माण गरि हरित क्षेत्र अभियानलाई अघि बढाइएको संस्थाका अध्यक्ष यादव भण्डारीले जानकारी दिनुभयो । विद्यालयको परिसरभित्र रहेको खाली क्षेत्रमा विद्यालयको समन्वयमा अम्वा, लप्सी, ओखर, एभोकाडो लगाएतका मौसमी फलका साथै तेजपत्ता, रुद्राक्ष, धुपी लगाएतका बोट रोपिएको संस्थाले जनाएको छ ।

पहिलो चरणमा एक सय सामूदायिक तथा निजि विद्यालयमा मौसमी फलको बोट रोपिएको जानकारी दिदै संस्थाका अध्यक्ष भण्डारीले दोश्रो चरणमा उपत्यका र आसपासका १ हजार विद्यालयमा विद्यालय हरित क्षेत्र अभियान चलाउने बताए ।
विद्यालय हरित क्षेत्र अभियान अन्तर्गतको कार्यक्रममा विद्यार्थीहरुलाई बृक्षारोपण, सरसफाइ, वातावरणसम्बन्धी प्रतिष्पर्धात्मक कला प्रदर्शनी र हस्ताक्षर अभियानमा सहभागी गराइएको थियो ।

विद्यालयमा मौसमी फलको बोट रोपिएपछि विद्यालयका प्रधानाध्यापकहरुले त्यसको संरक्षण गर्ने जिम्मा आफुहरुको भएको भन्दै खुसी व्यक्त गरेका थिए । मौसमी फलको बोटबाट बिद्यालय हरियाली हुने र विद्यालयलाई केहि आम्दानी समेत हुने प्रधानाध्यापकहरुको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्