काठमाडौं, ७ माघ । अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रालेखा यादवले आजबाट आफ्नो कार्यभार सम्हालेकी छिन् । यही जनवरी १७ मा अष्ट्रेलिया पुगेकी राजदूत यादवले आजबाट आफ्नो कार्यभार सम्हालेको क्यानवेरास्थित् नेपाली राजदूतावासले जनाएको छ ।
नेपाली कांग्रेसमा लामो राजनीतिक जीवनयापन गरेकी राजदूत यादवले शिक्षा मन्त्रालयको समेत नेतृत्व सम्हालिसकेकी छिन् । उनले नेपाली कांग्रेसको कोषाध्यक्षको पनि जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकी थिईन् । कांग्रेस–एमालेको सहकार्यपछि बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई अष्ट्रेलियाको लागि नेपाली राजदूतमा नाम सिफारिश गरेको थियो ।