Logo

कांग्रेस सांसद अर्जुननरसिंह केसीले गरे अध्यादेशको विरोध, बदनियत राखिएको आरोप



काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । उनले अहिले ल्याईएका अध्यादेश बदनियत राखेर ल्याईएको गम्भीर आरोप लगाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै सांसद केसीले संसद्लाई छलेर अध्यादेश ल्याईनु गलत भएको टिप्पणी गरेका हुन् ।

उनले भने,सरकारलाई अध्यादेश ल्याउने अधिकार संविधानले दिएको छ । तर, अध्यादेश ल्याउँदा राष्ट्रिय महत्त्वको कुरामा ल्याउने हो । यहाँ त सामान्य इस्युमा पनि अध्यादेश ल्याउने र जनप्रतिनिधिलाई पन्छाएर ल्याउने काम भयो, यो ठिक होइन । उनले अहिले ल्याइएका अध्यादेशले नीतिगत भ्रष्टाचारलाई बढावा दिने खरो टिप्पणी गरे । file photo



प्रतिक्रिया दिनुहोस्