Logo

प्राधिकरणको कर्मचारी सेवा शर्त विनियमावलीको ११औं संशोधनप्रति सीटीइभिटीका विद्यार्थीहरुको आपत्ति



काठमाडौं, ८ माघ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) बाट इलेक्ट्रिकल इन्जिनियरिङ (टिएसएलसी) अध्ययन गरेका विद्यार्थीहरुले नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा शर्त विनियमावलीको ११औं संशोधनलाई लिएर आपत्ति जनाएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले उक्त संशोधनले आफूहरुलाई खुल्ला प्रतिस्पर्धा गर्नबाट बञ्चित गराइएको बताएका हुन् ।

प्राधिकरणले विनियमावली संशोधन गर्दै तेस्रो र चौथो तहमा लिइने जनशक्ति करार र आन्तरिक पदपूर्ति गर्ने व्यवस्था गरेको थियो । उनीहरुले उक्त र्सशोधनको विरोध गर्दै आफूहरुले खुल्ला प्रतिस्पर्धाबाट सेवामा प्रवेश गर्न पाउनुपर्ने माग राखेका हुन् ।

सीटीइभिटीबाट टिएसएलसी अध्ययन पूरा गरी हाल लोकसेवाको तयारी गरिरहेका हर्कबहादुर ओडले आफूहरु प्राधिकरणको सेवा शर्तसम्बन्धी विनियमावली संशोधनको कारण अन्यायमा परेको बताए । त्यस्तै, अन्य पीडितहरु प्रकाश शाही, शुशिला रोकाय, सुमन खड्कालगायतले पनि संशोधित विनियमावली खारेज हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्