Logo

रेलबाट हाम फालेपछि अर्को आउँदै गरेको रेलले किचेर ११ जनाको मृत्यु



काठमाडौं, माघ १० । भारतमा पुष्पक एक्सप्रेस रेलमा आगलागी भएको हल्लाका कारण रेलबाट हाम फाल्दा ११ जनाको मृत्यु भएको छ । यात्रुहरू रेलबाट हाम फालेपछि विपरीत दिशाबाट आउँदै गरेको कर्नाटक एक्सप्रेस रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

यो घटना पश्चिमी महाराष्ट्र राज्यमा भएको हो । त्यहाँ भारतको जीर्ण रेल नेटवर्कमा यस्ता दुर्घटनाहरू हुने गरेका छन् । यस दुर्घटनामा घाइते पाँच जनाको उपचार भइरहेको छ । भारतीय सरकारी तथ्याङ्कअनुसार सन् २०१७ देखि २०२१ सम्म वार्षिक औसत २० हजार मानिसको रेल दुर्घटनामा मृत्यु भएको छ ।

सन् २०२३ मा एउटा यात्रु रेल र स्थिर मालवाहक रेल ठोक्किँदा करिब तीन सय जनाको मृत्यु भएको थियो । दुर्घटनामा पटरीबाट खसेका डब्बाहरूले अर्को तीव्र गतिमा गइरहेको यात्रु रेललाई पनि ठक्कर दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्