काठमाडौं, माघ १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गरेमा रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् ।
रुसी राष्ट्रपति वार्तामा नआए अमेरिकाले मस्कोमाथि थप प्रतिबन्ध लगाउने हो कि भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसमा पत्रकारहरूलाई ट्रम्पले भने, “यस्तो हुनसक्ने सम्भावना छ ।”
ट्रम्पले सोमबार आफ्नो पदभार ग्रहण गर्नुअघि र पदभार ग्रहण गरेपछि पनि तुरुन्तै युक्रेन युद्ध अन्त्य गर्ने प्रतिज्ञा गरेका थिए । यसबाट उनले रुसलाई सहुलियत दिन किएभलाई बाध्य बनाउनका लागि सहयोगको लाभ उठाउने अपेक्षा बढेको थियो । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफूलाई युद्ध अन्त्य गर्न शान्ति सम्झौता चाहेको बताएको ट्रम्पले बताएका छन् ।