काठमाडौं, १० माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नै अवैध भएकोले सरकार नटिक्ने दाबी गरेका छन् ।
उनले अब माओवादीले कांग्रेस र एमालेजस्ता भ्रष्टाचारीहरुसँग समिकरण नगर्ने टिप्पणी गरे । आज (बिहीबार) बाँकेको खजुरा गाउँपालिकाको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले २० महिना सरकारको नेतृत्व गर्दा मुलुकमा सुशासनको युग सुरु भएको स्मरण गराए । अब माओवादीलाई ०६४ कै अवस्थामा पुर्याए देशमा भ्रष्टाचारीहरुको जरोकिलो उखेल्ने उद्घोष गरे ।
उनले भने,‘अहिले हाम्रो ३२ सिट हुँदा त भ्रष्टाचारविरुद्ध सशक्त लडेका छौँ । २०६४ मा जस्तै २०८४ मा पनि बहुमत दिनुभयो भने नेपालबाट भ्रष्टाचारको जरो किलो उखेलिनेछ । फेरि एक पटक नयाँ लडाइ लड्नुछ । त्यसका लागि तपाईँले साथ दिनुपर्नेछ । माओवादी आफ्नै खुट्टा, आफ्नै एजेन्डामा उभिने छ । भ्रष्टाचारीसँग समीकरण गरिँदैन ।’ file photo