काठमाडौं, माघ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आजबाट सुरू हुँदैछ । यसअघि बहिबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आजदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय गरेको थियो । बैठक भोलिसम्म जारी रहने छ ।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुने जनाइएको छ ।