Logo

उपेन्द्रले बोलाए कार्यकारिणी समितिको बैठक



काठमाडौं, ११ माघ । जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका छन् । यही माघ १९ र २० गते बस्नेगरि बैठक बोलाइएको हो ।

उक्त बैठकमा हालै सम्पन्न भएको पार्टीको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ गम्भीर समिक्षा हुने अध्यक्ष यादवको भनाई छ । साथै, अध्यक्ष यादवले वर्तमान राजनीतिक परिस्थितिको बारेमा पनि प्रकाश पार्ने बताईएको छ ।

सदनको अधिवेशन यही माघ १८ गते बोलाईएको छ । त्यसको भोलिपल्ट यादवले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । पछिल्लो समय यादव सत्ता गठबन्धन र विपक्षी गठबन्धन दुवैसँग टाढा छन् ।



प्रतिक्रिया दिनुहोस्