Logo

एमाले र रास्वपालक्षित एनपी साउदको टिप्पणी : हारेकाहरुले हो मिसन ८४ को भ्रम फैलाउने



काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका प्रभावशाली ने तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले हारेकाहरुले मिसन ८४ को भ्रम फैलाएको भन्दै एमाले र रास्वपालक्षित कडा टिप्पणी गरेका छन् । उनले कांग्रेसलाई त जनताले ०७९ को निर्वाचनमा नै ठूलो दल बनाएको बताए । उनले अब कांग्रेससँग मिसन ८४ को नारा लगाउने छुट नभएको पनि सम्झाए ।

आफ्नो गृहजिल्ला कञ्चनपुर पुगेका नेता साउदले कांग्रेसले अब देश र जनताको हितमा काम गरेर देखाउनुपर्ने धारणा राखे । उनको भनाई थियो,‘कांग्रेसलाई मिसन ०८४ भन्ने छुट छैन। हामी देशको ठूलो पार्टी भएकाले ०८४ कुर्नुपर्ने काम छैन । हारेकाहरुले हो, मिसन ०८४ भनेर जनतालाई भ्रमित बनाउने ।’

पछिल्लो समय नेता साउद वर्तमान सरकारको कामकारबाहीबाट असन्तुष्ट छन् । उनले बीआरआई फ्रेमवर्क सम्झौताको पनि खुलेर आलोचना गरेका थिए । उनले बीआरआई फ्रेमवर्क सम्झौताले ऋणको बाटो खोलेको भन्दै यसको गम्भीर समिक्षा हुनुपर्ने पार्टीभित्र माग गरेका छन् । यस्तै, अध्यादेशबाट शासन गर्नुपनि गलत भएको भन्दै उनले खरो रुपमा आलोचना गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्