Logo

गृहजिल्ला पुगेर सरकारका प्रवक्ता गुरुङको दाबी : सरकार ढल्दैन



काठमाडौं, १२ माघ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सरकार कुनैपनि हालतमा नढल्ने दाबी गरेका छन् । उनले अहिलेको कांग्रेस र एमालेको सत्ता गठबन्धन आगामी निर्वाचन ०८४ सम्म कायम रहने दाबी गरे ।

गृहजिल्ला लमजुङमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । मन्त्री गुरुङ्ले भने,‘हामीसँग अहिले दुई तिहाईको बहुमत छ। सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा बनेको यो सरकार सहज रुपमा अघि बढिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबीच समझदारी कायम रहेसम्म यो सरकार केही हुनेवाला छैन् । कायम रहन्छ । यो सरकार फेरिने हल्ला प्रतिपक्ष दलका नेताहरुले कार्यकर्तालाई उत्साह दिनको लागि मात्रै गरिरहेका छन् ।’ उनले अरु साना पार्टीहरुले निहुँ खोजेको भरमा यो सरकार ढल्नेवाला नभएको भन्दै सरकार निरन्तर अघि बढ्ने आत्मविश्वास सुनाए ।

सरकार फेरिन्छ भनेर माओवादी केन्द्रले हल्ला फैलाएको उनको आरोप छ । उनले भने,‘प्रतिपक्षमा बसेका साथीहरुले आफ्ना कार्यकर्ताहरुलाई आफ्नो सरकार बन्छ, नआँत्तिनु भनेर उत्साह भर्न यो सरकार ढल्छ भनेर भनिरहेको छ । तर, सरकार ढल्दैन् । यो मुलुकलाई अस्थिरता चाहनेहरुले पनि त्यो कुरालाई बढावा दिन चाहेका छन् ।’ उनले संघीयता कार्यानन्वयनको सवालमा केही फितलो देखिएको बताए ।



प्रतिक्रिया दिनुहोस्