काठमाडौं, १२ माघ । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मिचिएका सरकारी जग्गा सरकारले फिर्ता ल्याउने घोषणा गरेका छन् । आज (शनिबार) बुद्धनगर टोल सुधार समितिले आयोजना गरेको विशेष कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।
उनले सार्वजनिक जग्गा अतिक्रमण भएको थाहा पाए सरकारले फिर्ता ल्याउने उद्घोष गरे । उनले व्यवस्था परिवर्तन सँगसँगै देशमा विकास पनि भैरहेको बताए । तर, एकथरीले अहिलेपनि व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको भनेर गलत भाष्य बनाएको भन्दै उनको आक्रोश थियो । बुद्धनगरमा पनि ठूलो परिवर्तन भैसकेको उनको दाबी छ ।