काठमाडौं । हिजो (शुक्रबार) बाट अल नेपाल रिलिज भएको चलचित्र ‘केटी हराएको सूचना’ को आक्रामक ओपनिङ देखिएको छ । नकिम उद्दिन र दीपेन्द्र गौचनको सहकार्य रहेको उक्त फिल्मले देशभर २८१ शो पाएको छ । निर्माण पक्षले दिएको जानकारीअनुसार उक्त फिल्मले काठमाडौंमा १०१ र मोफसलमा १८० शो पाएको छ ।
यो चलचित्रले पहाडी–मधेसी मेलमिलापको महत्व दर्शाउने काम गरेको छ । मूभिको लिड रोलमा नाजिर हुने र सृष्टि श्रेष्ठ छन् । सामाजिक सञ्जालमा फिल्म हेर्नेहरुले उत्कृष्ट चलचित्र बनेको भनेर प्रशंसा गरिरहेका छन् । दर्शकहरुको हौसलाको लागि कलाकारहरुपनि हलहलमा पुग्ने गरेका छन् । पछिल्लो समय एकपछि अर्को हिट नेपाली चलचित्र निर्माताहरुले पस्किएका छन् ।