काठमाडौं, १३ माघ । जनता समाजवादी पार्टी, नेपालले पाथीभरा क्षेत्रमा पहिचान पक्षधरको ‘नो केवलकार आन्दोलन’ का आन्दोलनकारीमाथि प्रहरी प्रशासनल अन्धाधुन्ध गोली प्रहार गरेको विषयमा आपत्ति जनाएको छ ।
जसपा, नेपालका प्रवक्ता मनिष कुमार सुमनले आज एक विज्ञप्ती जारी गर्दै प्रहरीको गोली लागी घाइते भएकाहरु यमबहादुर लिम्बु, सगुन लावती, धर्मान पालुङ्वालगायत घाइते भएको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनको तयारी गर्दा राज्यले मान्छे ताकेरै गोली प्रहार गर्नु अत्यन्त निन्दनीय तथा भत्र्सनायोग्य भएको बताएका छन् ।
जसपा, नेपालले आन्दोलनकारीको मागअनुसार उक्त क्षेत्रमा केवलकार निर्माण कार्य अविलम्ब बन्द गरी आन्दोलनकारीमाथिको प्रहरी दमन तत्काल रोक्न माग गरेको छ ।