Logo

गगन थापाको दाबी : अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गरेर देखाउन सक्छु



काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीभन्दापनि आफूले राम्रो काम गरेर देखाउनसक्ने आत्मविश्वास पेश गरेका छन् । उनले अहिलेका प्रधानमन्त्री ओली, यसअघिका प्रचण्ड र अब हुने प्रधानमन्त्री शेरबहादुर देउवाभन्दापनि राम्रो काम गरेर आफूले देखाउन सक्ने दाबी गरेका हुन् ।

महामन्त्री थापाले सरकारमा बसेर गनगन नगर्न पार्टीका नेताहरुलाई चेतावनी दिएका छन् । आज ९आइतबार० काठमाडौंमा आयोजित मीनकुमारी राणाको प्रतीमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारमा बसेर कांग्रेसका नेताहरुलाई ‘काम गर्न सकिनँ’ भन्ने छुट नरहेको बताएका हन् ।

महामन्त्री थापाले काम गर्न छोटै अवधि पनि पर्याप्त हुने बताउँदै कांग्रेस–एमाले गठबन्धन सरकारलाई अझै ३ वर्ष समय रहेको बताए । २०८४ को निर्वाचनसम्म पुग्न अझै ३ वर्ष समय बाँकी रहेको बताउँदै उनले अहिले नै निर्वाचनको चर्चा गर्नु उपयुक्त नहुने बताए । तीन वर्षको अवधि काम गर्नका लागि पर्याप्त हुने बताउँदै महामन्त्री थापाले उक्त अवधिमा पनि काम गर्न पाइएन वा सकिएन भनेर गनगन नगर्न नेताहरुलाई चेतावनी दिए ।

कांग्रेस–एमाले गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गरेर औचित्य पुष्टि गर्नसक्नुपर्ने उनको भनाइ छ । उनले बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी नेतृत्वको सरकारजस्तै कांग्रेस–एमाले गठबन्धन सरकारलाई सफल बनाउनुपर्ने बताए । file photo



प्रतिक्रिया दिनुहोस्