कोलम्बो, १३ माघ । श्रीलङ्काको दक्षिणी प्रान्त गालमा आइतबार बिहान तीनवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा २९ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते सबै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीका अनुसार बिहान ८ः३० बजेतिर निजी स्वामित्वका यात्रुबाहक बसहरु दुर्घटना भएका हुन् ।
प्रहरीको प्रारम्भिक रिपोर्टअनुसार एउटा बस रोकिराखेको अर्को बससँग ठक्कर खाएको र दुर्घटनाग्रस्त बस र तेस्रो बस ठोक्किएर धेरै यात्रु घाइते भएका देखिएको छ ।
सन् २०२० देखि २०२४ सम्ममा सवारी दुर्घटनामा परी १२ हजार १४० जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
श्रीलङ्काका अधिकारीहरूले यात्रुवाहक बसहरूमा ट्राफिक नियम उल्लङ्घन गर्ने व्यक्तिहरूविरुद्ध कानुनी कारबाहीलाई तीव्रता दिइरहेका छन्।
श्रीलङ्का सरकारले सडक दुर्घटना रोक्नका साथै अपराध र लागूऔषध विरोधी अभियान सञ्चालन गर्ने उद्देश्यले थप १० हजार प्रहरी अधिकारीहरू भर्ती गर्न अनुमति दिएको छ । रासस