Logo

एमालेसँग २०८४ सम्म सरकारमा सहकार्य कायम राख्ने निर्णय भयो : रामहरि खतिवडा



काठमाडौं, १३ माघ । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले अहिलेको सत्ता–सहकार्यलाई आगामी निर्वाचनसम्म कायम राखिने बताएका छन् । आज बसेको पार्टीको संसदीय दलको बैठकमा नेकपा एमालेसँगको गठबन्धनलाई २०८४ सम्मै लैजाने निष्कर्ष निकालिएको खतिवडाको भनाई छ ।

बैठकमा मन्त्रीहरुसँगपनि छलफल गरिएको खतिवडाको भनाई छ । आज सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ मन्त्रीहरुले भोलि दिने उनले जनाए । उनले आगामी संसद्को अधिवेशनमा कांग्रेस एकढिक्का भएर प्रस्तुत हुने र जनताको मुद्दा उठाउने विश्वास दिलाए ।

अहिलेको सरकारले गरेका राम्रा कामहरुको बारेमा पनि चर्चा भएको थियो । उनले भने,‘अहिले तीन तीन महनिामा विश्वासको मत लिने कुराको अन्त्य भएको छ । ०८४ सम्म यही सरकार निरन्तर लैजाने कुरामा छलफल भएको छ ।’ खतिवडाले हालै सरकारले ल्याएका अध्यादेशको पनि बचाउ गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्