Logo

रुन्चेत-लुसिकाङ जोड्न १ करोड ३४ लाखमा झोलुङ्गे पुल निर्माण



काठमाडौं, माघ १४ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । धार्चे–२ स्थित रुन्चेत र धार्चे–३ स्थित लुसिकाङ जोड्ने ‘बूढीगण्डकी लुसिकाङ झोलुङ्गे पुल’ निर्माण सम्पन्न भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् ।

१ करोड ३३ लाख ९४ हजार ७ सय ५२ को लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको हो । वि.सं २०८० फागुनबाट निर्माण सुरु गरिएको झोलुङ्गे पुल समयमा नै निर्माण सम्पन्न भएको हो । पुल निर्माण भएसँगै त्यस क्षेत्रका स्थानीयवासीलाई आवतजावतमा निक्कै सहज भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्