Logo

प्रधानमन्त्री नै बन्ने अवसर आएछ भनेपनि म सरकारमा जान्नँ : राजेन्द्र लिङ्देन



काठमाडौं, १४ माघ । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले संसद्को यो कार्यकालमा आफू सरकारमा नजाने स्पष्ट पारेका छन् । पार्टीको हिजो समापन भएको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा लिङ्देनले यस्तो जवाफ दिएका हुन् ।

उनले मन्त्री, उपप्रधानमन्त्रीमात्रै नभएर प्रधानमन्त्री नै बन्ने अवसर आएछ भनेपनि आफू सरकारमा नजाने स्पष्ट पारेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । लिङ्देनको तस्विर सार्वजनिक गर्दै श्रेष्ठले लेखेका छन्–‘“मन्त्री, उपप्रधानमन्त्रीको त के कुरा, प्रधानमन्त्री नै बन्ने अवसर आएछ भने पनि संसदको यो कार्यकालमा म सरकारमा जान्न”( राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रत्युत्तर सम्बोधनको क्रममा ।’’



प्रतिक्रिया दिनुहोस्