काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश तमासाजस्तो भएको टिप्पणी गरेका छन् । उनले देशलाई सही दिशा दिनकै लागि आफूहरु कांग्रेससँग मिलेर सरकारमा गएको स्पष्ट पारे । आज (सोमबार) भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले भने,‘देशै रहन्छ कि रहँदैन, प्रणाली नै रहन्छ कि रहँदैन भन्ने स्थितिमा पुगेपछि प्रतिस्पर्धी दलहरू मिलेका हौं । देश बनाउने कुरा कुनै ख्यालठट्टा होइन । मजाकको कुरा हो र ? देशलाई अप्ठ्यारोबाट मुक्त गर्ने भनेर र लोकतन्त्रलाई सुदृण गर्नको लागि मिलेका हौं । सरकार आजै ढल्छ भोलि बिहान ढल्छ भन्नेर गरेको बिलौनाको कुनै अर्थ छैन ।’
उनले माओवादीको साथ लिएर सरकारको नेतृत्व गर्नुको अर्थ नभएको पनि टिप्पणी गरे । उनले आफ्नो स्वास्थ्यलाई लिएर सामाजिक सञ्जालमा गरिएको टिकाटिप्पणीप्रति पनि आलोचना गरे । उनले आफ्नो स्वास्थ्य ठीक रहेको जानकारी दिए ।