काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले सरकारले अध्यादेश ल्याएर गलत काम गरेको टिप्पणी गरेका छन् । उनले संसद्लाई छलेर अध्यादेशबाट शासन गरिनु गलत भएको टिप्पणी गरे ।
आज गृहनगर विराटनगरमा आयोजित नोना कोइराला पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले संसदलाई धकेलेर अध्यादेश ल्याउनु सरकारको गल्ती भएको टिप्पणी गरेका हुन् ।
उनले भने,‘संसदलाई धकेलेर अध्यायदेश ल्याउनु गलत हो । यो लोकतन्त्रमा गलत काम हो । दुईतिहाइको बहुमत भएको बेलामा विधेयक सजिलै पास हुन्छ नि, किन अध्यादेश ल्याउनुपर्यो ? यसले आमजनमानसमा नराम्रो परेको छ । संसद छलेर अध्यादेश ल्याउने गलत प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ।’ सो अवसरमा नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार २०८१ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो । Photo Source: Dinesh Chandra Thapaliya/Facebook