Logo

लुज एलायन्स बनाउन मधेशवादी दलहरु सक्रिय, आजको बैठकमा के कुरा भयो ?



काठमाडौं, १४ माघ । लुज एलयान्स बनाउन सहमत भएका मधेशकेन्द्रित राजनीतिक दलहरूको बैठक सम्पन्न भएको छ । काठमाडौंको अनामनगरमा रहेको किम्ची रेष्टुरेन्टमा भर्खरै सम्पन्न भएको बैठकमा मिलेर जाने सहमति भएको जनता प्रगतिशील पार्टीका डा. शिवजी यादवले जानकारी दिए ।

उनले अहिलेको कांग्रेस र एमालेको सरकारले पनि झुक्याउने काम गरेको भन्दै आफूहरु सहकार्यको विन्दुमा पुगेको स्पष्ट पारे । संविधान संशोधनको विषयमा गम्भीर भएर अघि बढ्ने उनको भनाई छ ।

आजको बैठकमा अशोक राई नेतृत्वको जसपाबाट रेणु यादव, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट मनिष सुमन, सीके राउत नेतृत्वको जनमत पार्टीबाट अब्दुल खाँन, महन्थ ठाकुर नेतृत्वको लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतीशील पार्टीबाट नेताहरु हृदयेश त्रिपाठी र डा. शिवजी यादव र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)) बाट स्वयम लाल सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्