काठमाडौं, माघ १५ । आज संघीय संसद्अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दै छ । जसअनुसार आज कानुन, न्याय तथा मानव अधिकार समिति बैठक बिहान ८ बजे बस्दै छ ।
बैठकमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन पेस र छलफल हुनेछ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि आज सिंहदरबारमा बस्दैछ । दिउँसो साढे ३ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ ।
यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको स्थगित गरिएको छ । दिनको १२ः२५ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।