काठमाडौं, १५ माघ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको सरकारले देश र जनतको हितमा काम गरेको भन्दै सफल भैरहेको दाबी गरेका छन् । उनले सरकारको सफलतामा बीरआई सम्झौतादेखि प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्तालाई समेत उल्लेख गरेका छन् ।
एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपाल गुल्मीले आज (मंगलबार) आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारका राम्रा काम देखेर अस्थिरताका उद्यमीलाई छटपटी भइरहेको समेत आरोप लगाए ।
उनले अहिलेको सरकार सहमतिअनुसार नै अघि बढ्ने र तत्काल कुनै फेरबदल नआउने दाबी सुनाए । उनले ओली सरकार सिंहदरबारमा थप तस्विर झुण्ड्याउनमात्र नबनेको जिकिर गरे । उनले अर्थतन्त्रमा अहिले व्यापक सुधार भएको भन्दै निराशाको खेती बन्द गर्न चेतावनी दिए ।