काठमाडौं, माघ १६ । आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।
सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्ष अहिले बिहान साढे ११ बजे बस्ने बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।