काठमाडौं, माघ १६ । युवा कानुन व्यवसायी सम्मेलन आज राजधानीमा शुरु हुँदैछ। अहिले बिहान साढे ९ बजे राष्ट्रिय सभागृहमा शुरु हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
नेपाल बार एसोसियसनले पहिलोपटक आयोजना गरेको सम्मेलनमा देशभरका आठ सय हाराहारीमा युवा कानून व्यवसायी सहभागी हुनेछन्। सम्मेलनमा ४० वर्षभन्दा कम उमेर समूहका कानून व्यवसायीलाई निःशुल्क सहभागी गराइएको छ भने ४० वर्षभन्दा बढी उमेर समूहका कानून व्यवसायीलाई एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ।