काठमाडौं, १६ माघ । भारतको उत्तर प्रदशेस्थित प्रयागराजमा जारी कुम्भमेलामा गएराती भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
बुधवार राति १ः३० बजेतिर कुम्भमेलामा भएको भागदौड हुँदा ४० जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार भागदौडपछि मानिसका सरसामान, लुगा, कम्बल र झोला जताततै छरिएका छन् ।
यद्यपि प्रशासनले अहिलेसम्म कसैको मृत्यु भएको जानकारी दिएको छैन । बुधवार मौनी अमावस्याका अवसरमा अमृतस्नान हुन लागेका बेला उक्त घटना भएको बताइएको छ ।