काठमाडौं, १६ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले सामाजिक सञ्जाल नियमनसम्बन्धी विद्येयक अघि आउनु स्वागतयोग्य भएको बताएका छन् । उनले सामाजिक सद्भाव भड्काउनेजस्ता असामाजिक तथा अमानवीय क्रियाकलाप नियन्त्रण गर्न आवश्यक रहेको औंल्याएका छन् । तर, नियमन गर्दा स्वतन्त्रता संकुचन गर्न नहुने उनको तर्क छ ।
रिजालले फेशबुकमा लेखेका छन्-
सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर चरित्र हत्या गर्ने, आरोप लगाउने, अफबाह फैलाउने, हुँदै नभएका कुराहरु प्रचार गर्ने, सामाजिक सद्भाव भड्काउने जस्ता असामाजिक तथा अमानवीय क्रियाकलाप नियन्त्रण आवश्यक छैन र रु पक्कै पनि स्वतन्त्रता संकुचित नहोस् तर तपाईंले सामाजिक सञ्जालमा कुनै कुरा लेख्नुहुन्छ भने त्यसलाई पुष्टि गर्ने र जिम्मेवारी लिने जिम्मा तपाईंकै हुन्छ । पुष्टि गर्न नसके जरिवाना, क्षतिपूर्ति तिर्नु विल्कुल अनिवार्य हुनुपर्छ । युरोप–अमेरिकामा सडक–गति उल्लंघन गर्दा विहानै घरमा जरिवानाको बिल नआउँदो हो त मानिसहरु उस्तै त हुन् ।
ढिलै भए पनि सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक अघि आउनु स्वागतयोग्य छ । यसबाट नागरिक स्वतन्त्रताको सम्मान र सञ्जालको सदुपयोग हुन्छ । आज कुनै अपराध गरेमा रु। १ जरिवाना गरेर झारा टार्ने अभ्यासले अपराध नियन्त्रण हुँदेन । विधेयकमा प्रस्तावित दण्ड–सजायसम्बन्धी कडा प्रावधानहरुले अपराध गर्दा १० पटक सोच्ने बनाउँछ ।