Logo

भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले भेटे परराष्ट्रमन्त्री राणा



काठमाडौं, १६ माघ । भारतका विदेश मन्त्रालय अतिरिक्त सचिव (नर्थ) का मुनु महावरले परराष्ट्रमन्त्री डा. आरजु राणासँग भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका महावरले आज (बुधबार) मन्त्री राणासँग बुढानिलकण्ठस्थित् निजी निवासमा भेटवार्ता गरेका हुन् ।

भेटर्वार्ताको क्रममा नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्धलाई बढावा दिने विषयमा कुराकानी भएको मन्त्री राणाले जानकारी गराएकी छिन् । हिजोमात्रै सचिव महावरले गृहमन्त्री रमेश लेखकसँगपनि भेटवार्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्