Logo

कांग्रेसमा अध्यादेशको विरोध नै गर्न नपाउने भनेर स्टिकर टाँसेको छैन : स्वास्थ्यमन्त्री पौडेल



काठमाडौं, १६ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले हालै ल्याएका अध्यादेशको बारेमा पार्टीभित्र विरोध नै गर्न नपाउने भनेर स्टिकर नटाँसेको स्पष्ट पारेका छन् । अहिले ल्यार्ईएका अध्याधेश कांग्रेस र एमाले दुवै दल मिलेर ल्याएकोले सभापति शेरबहादुर देउवा वा पदाधिकारीले डिफेन्स गर्नु स्वभाविक भएको उनको तर्क छ ।

हिजो (मंगलबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले अहिले ल्याईएका अध्यादेश कसैको विमतिबिना नै संसद्बाट पास हुने दाबी गरे । उनले अध्यादेशभन्दापनि संसद्बाटै अघि बढेको भए राम्रो हुने थियो भन्ने आफ्नो व्यक्तिगत राय रहेको सुनाए ।

तर, अध्यादेशमा भएका विषयविस्तु राम्रो रहेको उनको तर्क छ । भूमिसम्बन्धी अध्यादेशमा त्रुटी रहेछ भने त्यो अध्यादेश फिर्ता लिन बाध्य बनाउन सकिनेपनि आधार सुनाए । उनले अहिले नेपाली कांग्रेसले बाटो नै बिराउनेगरि गलत नगरेको स्पष्टीकरण दिए । उनले सरकारमा बसेरपनि कांग्रेसका मन्त्रीहरुले राम्रो काम गरेको दाबी गरे ।

तर, जनताको अपेक्षाअनुसार काम नभएको भने उनको पनि स्विकारोक्ति थियो । उनले भने,‘हामीले निरन्तर ढंगले प्रयास गरिरहेका छौं । सकारात्मक रुपमा परीणाम दिनेगरि प्रयास भैरहेको छ । मेरो जिम्मेवारीमा जुन मन्त्रालय छ, त्यो मन्त्रालयमा हामीले परिणाम दिनेगरि काम गरेका छौं ।’



प्रतिक्रिया दिनुहोस्