Logo

विपक्षी दलहरुको बैठक भोलि विहान ९ बजेको लागि बोलाईयो



काठमाडौं, १६ माघ । संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक भोलि (बिहीबार) बोलाईएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा विपक्षी दलहरुको बैठक भोलि विहान ९ बजे बस्ने भएको हो ।

बैठक सिंहदरबारस्थित् माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्ने बताईएको छ । सदनको हिउँदे अधिवेशन यही माघ १८ गते दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि संसद्मा सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने विपक्षी दलहरुको रणनीति छ । सरकारले विभिन्न अध्यादेश ल्याएको छ । ती अध्यादेशलाई लिएर विपक्षी दलहरुले विरोध जनाईरहेका छन् ।

file photo



प्रतिक्रिया दिनुहोस्