Logo

ह्वाइट हाउस नजिकै ६४ यात्रु सवार विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएर नदीमा खस्यो



काठमाडौं, माघ १७ । अमेरिकाको राजधानी वाशिङ्टन डीसी नजिकै रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको छ। स्थानीय समयानुसार बेलुकी ९ बजेतिर आकाशमै हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीस्थित पोटोम्याक नदीमा खसेको छ।

उक्त उडानमा ६० यात्रु र चार चालक दलका सदस्य गरी ६४ जना सवार रहेका थिए । यात्रुवाहक विमान कन्सास सिटीबाट राजधानीतर्फ जाँदै गर्दा हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको हो। दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ भएको र त्यसमा तीन सैनिक सवार रहेको एक अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएका छन् ।

विमानस्थल नजिकैको ठक्करपछि सबै उडान र अवतरण रोकिएका छन्। विमान र हेलिकप्टरका भग्नावशेष नदीमा खसेका छन्। दुर्घटनापछि खोजी तथा राहत कार्य जारी छ।



प्रतिक्रिया दिनुहोस्