Logo

संसद्मा प्रचण्ड, जनार्दन र वर्षमानबीच कानेखुशी



काठमाडौं, १८ माघ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुबीच कानेखुशी चलेको छ । अध्यक्ष पुष्पकमल दाहाल, उपमहासचिवद्धय जनार्दन शर्मा र वर्षमान पुनबीच कानेखुशी चलेको हो । सभामुख देवराज घिमिरेसँग रास्वपाका सांसदहरुको सवालजवाफ चलिरहेको सन्दर्भमा माओवादी केन्द्रका तीन नेताबीच कानेखुशी चलेको हो ।

बैठक सुरु हुनासाथ चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले अवरोध गरेका छन् । उनीहरुले आकस्मिक समयमा बोल्नको लागि समय माग गरेका छन् । तर, सभामुख देवराज घिमिरेले आज हिउँदे अधिवेशनको पहिलो दिन भएकोले दलीय आधारमा बोल्ने समय छुट्याएको भन्दै बोल्न दिएका छैनन् । तर, रास्वपाका सांसदहरुले अवरोध गरिरहेका छन् । उनीहरुले निरन्तर नियामावलीमा बसेर बोल्न पाउनुपर्ने माग गरेका छन् । सभामुखले भने अब बस्नको लागि अनुरोधले मात्रै नपुगेर आदेश नै दिएको भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्