काठमाडौं, १८ माघ । प्रतिनिधिसभाको बैठकमा रास्वपाको अवरोधलाई बेवास्ता गर्दै सभामुख देवराज घिमिरेले बैठक अघि बढाएका छन् । रास्वपाका सांसदहरुले आकस्मिक समयको माग गरेर बोल्न समय दिन भनेका थिए ।
तर, सभामुख घिमिरेले आज दलीय आधारमा बोल्ने समय छुट्याईएकोले त्यसमै आफ्नो धारणा राख्न भनेपछि बैठकमा सवालजवाफ चलेको थियो । रास्वपाका सांसदहरुको निरन्तरको अवरोधपछि पनि सभामुख घिमिरेले बैठक अघि बढाएका छन् । सभामुखले बैठक अघि बढाउँदै गर्दापनि रास्वपाका सांसदहरुले भने नाराबाजी गरिरहेका छन् ।