
काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा स्थिर सरकार नहुँदा मुलुकमा राजनीतिक एवम् आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको औंल्याएका छन् । त्यही आवश्यकत्ताले अहिलेको सरकार गठन भएको उनको भनाई छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सभापति देउवाले एमालेसँग सरकार गठनको बेलामा भएको ७ बुँदे सहमतिप्रति नेपाली कांग्रेस दृढ रहेको प्रतिबद्धता जनाए । उनले एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयन हुने विश्वास दिलाए ।
उनले अहिलेको सरकारले एकदमै राम्रो काम गरेको भन्दै आगामी दिनमा पनि सकारात्मक काम गर्दै जाने विश्वास लिएका छन् । उनले सरकारको मूल्यांकन गर्दा ६ महिनाको समय पर्याप्त नहुेपनि सम्झाए । उनले भने,‘सरकारले यो अवधिमा गरेका एकदमै राम्रा छन् । भविष्यमा असल परिणाम देखिने मैले अनुभूति गरेको छु ।’