Logo

संसद्को साँचो पनि सरकारले नै बोक्दो रहेछ : सिके राउत



काठमाडौं, १८ माघ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसद्को साँचो (चाबी) पनि सरकारले बोक्ने गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको अधिवेशन बोलाउन ढिला गरिएको विषयप्रति उनले यस्तो आक्रोश पोखेका हुन् ।

आजबाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने,‘सरकारले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ, यो व्यवस्था धेरै मुलुकमा छ, तर अमेरिकामा संसद्ले आँफै सबै व्यवस्थापन गर्ने क्षमता राख्दछ । सरकारले नै संसद्को साँचो राखिदिएपछि, सरकारले चलाएपछि चल्ने, नचलाउँदा नचल्ने, शीर्ष नेतालाई हाछ्युँ आउँदापनि बैठक चलाउन नहुने बाध्यता छ, यदि यस्तै अवस्था हो भने यसबारेमा पूनविर्चार गर्नुपर्ने हुन्छ ।’ उनले संसद् स्वतन्त्र हुनुपर्ने क्षमता राख्नुपर्नेमा जोड दिए ।

उनले अहिलेका अधिकांश मन्त्रीहरुलाई आफूले नचिन्ने र परिचयसमेत हुन नसकेको गुनासो पोखे । उनले सरकार कहाँ छ ? भन्दै प्रश्न गरे । आफूले भेट्न खोज्दा मन्त्रीहरुसँग भेट हुन नसकेको गुनासो पोखे । सर्वसाधारण जनताले सिंहदरबारमा कसरी मन्त्रीहरुसँग भेट गर्न सक्लान ? भन्दै उनले प्रतिप्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्