Logo

जसपा, नेपालको कार्यकारिणी समितिको बैठक जारी



काठमाडौं, १९ माघ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक जारी छ । अध्यक्ष यादवको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक जारी छ ।

यो बैठक आज र भोलि दुई दिन बस्ने भनिएको छ । बैठकमा आज अध्यक्ष यादवले राजनीतिक विषयमा आफ्नो धारणा राखेका छन्। बैठकले पार्टीको संगठनात्मक कार्यदिशाबारे छलफल गरेर निश्कर्ष निकाल्ने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्