
काठमाडौं, २ चैत्र । नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार बिहान १ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको हो । यस्तै, डिजेल र मट्टीतेलमा चार रुपैयाँ घटाएको छ ।
भारतबाटै मूल्य समायोजन भएपछि नेपाल आयल निगम सञ्चालक समितिको निर्णयबमोजिम नयाँ मूल्य तय गरिएको हो । यो निर्णयसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १६३ रुपैयँ पर्नेछ । यस्तै, मट्टीतेल र डिजेलको मूल्य १५१ तोकिएको छ ।