Logo

परराष्ट्रमन्त्री राणालाई लोकलाजको ख्याल गर्न एमाले नेताको सुझाव



काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले परराष्ट्रमन्त्री डा. आरजु राणाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । ६ दिनदेखि भारतमा भएको विषयमा रिजालले दुनियाँले के भन्छ भनेर लोकलाजको ख्याल गर्न सुझाएका छन् ।

उनले मन्त्री राणामात्रै नभएर यसअघिका परराष्ट्रमन्त्रीहरु एनपी साउद, नारायणकाजी श्रेष्ठले पनि भारत र चीनका विदेशमन्त्रीसँग भेट्नको लागि पाँच दिन र नौ दिन समय खर्चिएको प्रसंग उठाएर यस्तो कमेन्ट गरेका हुन् । मन्त्री राणा भारतले आयोजना गर्ने रायसिना डायलगमा बोल्नको लागि भारत गएकी हुन् । तर, रिजालले मन्त्री राणालाई उक्त डायलगमा बोल्नको लागि बढिमा १५ मिनेट समय मिल्नसक्ने अनुमान गरेका छन् ।

रिजालले फेशबुकमा लेखेका छन्–

परराष्ट्रमन्त्री डा.आरजु देउवा छ दिनदेखि भारतमा हुनुहुन्छ । भारतले आयोजना गर्ने राइसिना डाइलगमा बोल्नका लागि उहाँलाई बढीमा १५ मिनेट समय मिल्ला । अघिल्लो पटक परराष्ट्रमन्त्री एनपी साउदले अरू चारजना प्यानलिस्टसँगै एक घण्टाको प्यानलमा बोल्न पाँच दिन खर्चिनुभएको थियो । त्यसपछिका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बेइजिङमा चिनियाँ विदेशमन्त्री भेट्न नौ दिन खर्चिनुभएको थियो । देशभित्र काम कति गर्नुहुन्छ भन्ने त थाहै छ तर दुनियाँले के भन्छ भनेर लोकलाजको त अलिकति ख्याल गर्नुपर्ने हो । यस्ता परराष्ट्मन्त्रीहरूले भारत र चीनका समकक्षीहरूसँग कुरा गर्दा कत्तिको समान हैसियत ९इक्वायल फुटिङ० मा कुरा गर्दा हुन् र उनीहरूले कति महत्व दिँदा हुन् भन्ने यसैबाट स्पष्ट हुन्छ ।



प्रतिक्रिया दिनुहोस्