Logo

एमाले सचिवालय बैठक जारी, देउवाले बोलाए पदाधिकारी बैठक



काठमाडौं, ४ चैत्र । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । एमाले मुख्यालय च्यासलमा जारी बैठकमा समसामयिक विषयमा छलफल जारी छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थाबारे ब्रिफिङ गरेका छन् । राजावादीहरुको आन्दोलनको विषयमा केन्द्रित भएर प्रधानमन्त्रीले बैठकलाई ब्रिफ गरिरहेका छन् ।

उता, प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पदाधिकारी बैठक बोलाएका छन् । देउवाले भोलि दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्नेगरि बैठक बोलाएका हुन् ।

पछिल्लो समय राजावादीहरुको आन्दोलन चर्किएको अवस्थालाई हेरेर प्रमुख दलहरु आन्तरिक छलफलमा जुटेका छन् । अहिले व्यवस्थामाथि नै चूनौति दिन थालिएको भन्दै गणतन्त्र पक्षधरहरु मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने हल्लापनि चलाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्