
काठमाडौं, ४ चैत्र । काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तीको प्रक्रिया अघि बढेको छ । उपकुलपतिको लागि नाम सिफारिश गर्न बनेको समितिका संयोजक सुरेशराज शर्माले डा. भोला थापाको एकल नाम सिफारिश गरेको बताईन्छ ।
शर्माले थापाको नाम सिफारिश गरेर समितिको तर्फबाट कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पत्राचार गरेको बताईन्छ । थापा यसअघिपनि केयूको उपकुलपतिको जिम्मेवारीमा थिए ।
उनको कार्यकाल सकिएपछि उनैलाई निमित्त दिईएको थियो । प्रधानमन्त्री ओलीसमेत थापाको नाममा सहमत रहेको उच्च स्रोतको दाबी छ ।