
काठमाडौं, चैत ५ । नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले दर्ज्यानी चिन्ह लगाएका छन् । गृहमन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा गृहसचिव गोकर्नमनी दुवाडीले थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
थापा सोमबार नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आइजिपी) मा नियुक्त भएका थिए । सरकारले वरिष्ठताका आधारमा थापालाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेको हो ।
आइजिपी वसन्त कुँवर ३० वर्षे सेवा हदका कारण सोमबारदेखि अनिवार्य अवकाशमा गएपछि सरकारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख रहेका थापालाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०६३ भदौ ८ गते डीएसपी बने । २०७२ साउन ८ मा एसपी बनेका उनी २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भए । त्यस्तै २०७९ असार १७ मा डीआईजी बनेका उनी २०७९ चैत ६ मा एआईजी बनेका थिए ।