Logo

युपीका मुख्यमन्त्री भेटेलगत्तै मधेशका मुख्यमन्त्री सिंहले भेटे कांग्रेस महामन्त्री थापा



काठमाडौं, ९ चैत्र । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग भेटवार्ता गरेका छन् । सिंहले हालै भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए । योगीसँग भेटेलगत्तै सिंहले कांग्रेस महामन्त्री थापासँग भेट गरेका छन् । पछिल्लो समय थापाले पनि युपीको भ्रमण गरेको खबर बाहिरिएको थियो ।

सिंह र थापाबीचको भेटवार्ता कांग्रेस सर्लाहीका युवा नेता विकास ठाकुरपनि सहभागी थिए । ठाकुर गगनका विश्वासपात्र मानिन्छन् । हाल उनी मधेश प्रदेशको ‘घुमौं मधेश, बुझौं मधेश’ कार्यक्रमका संयोजक हुन् । मुख्यमन्त्री सिंह र युपीका मुख्यमन्त्री योगीबीचको भेटवार्तापनि ठाकुर सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्