Logo

पूर्वराजा ज्ञानेन्द्र शाहद्धारा गोरखनाथ मन्दिरको दर्शन, देश बचाउन जनताको अपिल



काठमाडौं, ९ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला गोरखामा छन् । उनले आज गोरखनाथ मन्दिरको दर्शन गरेका छन् । मन्दिर दर्शन गरेर बाहिरिने क्रममा ठूलो संख्यामा उपस्थित् भएकाहरुले देश बचाउनको लागि आग्रह गरेका छन् ।

कतिपयले भने ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए । पूर्वराजा शाहले गोरखामा रहेको प्रसिद्ध मनकामना मन्दिरको पनि दर्शन गर्ने कार्यतालिका छ ।

फागुन २५ गते देशमा राजासंस्था फर्काउने भन्दै सडक तातिएको छ । उता, गणतन्त्रवादीहरुले पनि गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन गर्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्