Logo

दिल्लीको मुख्यमन्त्री बन्दै आतिशी सिंह



काठमाडौं ।आतिशी सिंह दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् ।

आम आदमी पार्टी (आप)ले आतिशीलाई संसदीय दलको नेतामा चयन गरेको हो । आजै बसेको पार्टी बैठकमा केजरीवालले आतिशीको नाम घोषणा गरेका हुन् । दिल्लीको मदिरा नीतिको मामिलामा आम आदमी पार्टीका नेता जेल जाँदा आतिशीले पार्टीको जिम्मेवारी सम्हालेकी थिइन् ।

मुख्यमन्त्री केजरीवालले आजै राजीनामा दिँदै छन् । दिल्लीका लेफ्टिनेन्ट गभर्नर (एलजी) विनय सक्सेनाले अपरान्ह ४:३० बजे मुख्यमन्त्री केजरीवाललाई भेट्ने समय दिएका छन् । सक्सेनासँगको भेटमा केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामादिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मदिरा नीति मुद्दामा सर्वोच्च अदालतबाट जमानत पाएपछि केजरीवालले सेप्टेम्बर १५ मा मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्